धनगढी।सुदूरपश्चिममा ओशोधार संघ नेपालले साप्ताहिक रुपमा कार्यक्रम गर्ने अभियान थालन गरेको छ । ओशो मार्ग र उनका उपदेश सहित हरेक हप्ता साधाना शिबिर सुरु भएको हो । साताको हरेक शनिबार धनगढीमा उक्त कार्यक्रम हुने बताईएको छ । शिबिरमा सबै वर्ग, उमेर, समुदाय, जातजाति, धर्म र संस्कृतिका व्यक्तिहरुलाई सुहाउने विविध प्रकारका कार्यक्रमहरु गरिने भएका छन् ।
ओशो शिबिरमा ध्यान, मेडिटेशन, योगा, गायन, नृत्य, लाफिंङ्ग मेडिटेशन लगाएतका गतिबिधी हुने समेत बताईएको छ । ओशोधार संघ सुदूरपश्चिम प्रदेश शाखाले धनगढीका यस्ता बिभिन्न गतिबिधिमा सहभागि भई लाभ लिन समेत सल्लाहकार उमदि बागचन्दले सबैलाई आग्रह गरेका छन् ।
शारिरीक तथा मानसिक तनाब, हताशा र विशादको कारणले दिनहु बिग्रिदै गएको हाम्रो स्वास्थ्यप्रति जागरुक रहन र नेपाली समाजलाई योग र साधनाका माध्यमबाट जोडी एक सम्बृद्व मनुष्य निर्माणमा यो कार्यक्रमले टेवा पुग्ने बताईएको छ । आफ्नो ब्यस्त जीवनशैलीमा ध्यान, योग र संत्सगलाई अपनाउदै कसरी खुशी जीवन जिउन सकिन्छ भन्ने कला शिबिरबाट सिक्न पाईने ओशोधार संघ सुदूरपश्चिम प्रदेश धनगढी ध्यान केन्द्रका संयोजक प्रकाश जोशीले बताए ।
शनिबार भएको कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, बिपतसनामा बिद्याबारिधी गरेका डा.नेत्र आचार्य, निर्वाचन कार्यालय सुदूरपश्चिम प्रदेशका प्रमुख प्रेमराज भट्ट लगताएत अन्य साधकहरु सहभागि रहेका थिए ।