धनगढी- सुदूरपश्चिमाञ्चल सांस्कृतिक सम्बर्धन समितिको ३१ औं साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ । साधारण सभाले तेस्रो पटक भोजराज भट्टलाई सर्वसम्मत रुपमा समितिको अध्यक्षमा चयन गरेको हो ।
शनिबार धनगढीको देब तालिम केन्द्रमा भएको साधारण सभाले उपाध्यक्षमा बाशुदेब विष्ट, सचिवमा धनश्याम भट्ट, सह सचिवमा अर्जुनसिह भाट र कोषाध्यक्षमा महेन्द्रदेव पाण्डेलाई सर्वसम्मत चयन गरेको छ ।
यस्तै साधारण सभाले लोकराज भट्ट, अशोकचन्द्र भट्ट, लक्ष्मण चन्द, पशुपती भट्ट, प्रेम बहादुर केसी र रुद्रराज भट्टलाई सदस्यमा चयन गरेको छ । यसअघि सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डाक्टर टीएन जोशीले प्रमुख अथितिको रुपमा साधारण सभाको उद्घाटन गरेका थिए ।
उद्घाटन गर्दै डाक्टर जोशीले सुदूरपश्चिमाञ्चल सांस्कृतिक सम्बर्धन समिति सुदूरपश्चिमको पुरानो संस्था भएकाले सको जगेर्ना गर्न आवश्यक रहेको औंल्याएका थिए । सुदूरपश्चिमको कला संस्कृतीको जगेर्नाका लागि समितिको महत्वपूर्ण योगदान रहेको भन्दै सराहना ब्यक्त गरेका थिए ।