धनगढी।नेपाली कांग्रेस नगर कार्य समितिले वडा सम्मेलन सुरु गरेको छ । नेपाली काँग्रेस धनगढी उपमहानगरपालिका नगर कार्य समितिको बैशाख पाँच गतेको निर्णय अनुसार वडा सम्मेलन सुरु गरेको हो । उपमहानगरपालिकाका १९ वडाको कार्यलालिका सहित वडा सम्मेलन सुरु गरेको बताईएको छ । जस अन्तरगत शुक्रवार वडा नम्बर १४,१८ र १९ गरी तीन वडाको वडा सम्मेलन सुरु गरेको हो ।
वडा सममेलनमा नेपाली काँग्रेसका केन्द्रिय सदस्य नृपबहादुर वड ,महासमिति सदस्य तथा निवर्तमान सामाजिक विकास राज्यमन्त्री टेक बहादुर रैका, कैलारी गाउँपालिका उपाध्यक्ष समेत रहेकी भगवती चौधरी, धनगढी १९का वडा अध्यक्ष समेत रहेका बाधुराम चौधरीको सहभागिता रहेको थियो । यस्तै कांग्रेसका जिल्ला, क्षेत्र, प्रदेश, नगर र वडाका नेता कार्यकर्ताहरुको समेत सहभागिता रहेको थियो । तीन ओटै वडा कार्य समितिका सभापतिहरुले वडामा पार्टीले संचालन गरेका गतिबिधिहरु प्रस्तुत गरेका थिए ।
नगर प्रमुख हमालले जनप्रतिनिधिको भुमिका निर्वाह गर्न सकेनन्
नेपाली काँग्रेसका केन्द्रिय सदस्य नृपबहादुर वडले नगर प्रमुख गोपाल हमालले जनप्रतिनिधिको भुमिका निर्वाह गर्न नसकेको आरोप लगाएका छन् ।नेपाली काँग्रेसको वडा सम्मेलनको समुदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले धनगढीका नगर प्रमुख हमाल निर्वाचित भएर आएपछि जनतासंग नजिक हुनुभन्दा पनि टाढा भागिरहेको बताएका हुन् ।
‘समन्वय र सहकार्य गरेर जनप्रतिनिधि अघि बढ्नुपर्छ । जनतालाई नभेट्ने, व्यवसायी तथा दुःखमा परेका व्यक्तिलाई नभेट्ने मान्छे जनप्रतिनिधि कसरी हुन्छ’ उनले भने –‘निर्वाचित भएर आएपछि अहिलेसम्म वडाहरुमा पुगेका छैनन् । म जनप्रतिनिधि हुँदा हरेक महिनामा एक पटक पुग्थे । हरेक घरमा पुग्न नसकेको होला तर, वडाका समस्या बुझ्न आईरहन्थे ।’
उनले आफु सधै नगरबासीको साथमा रहेको बताए । ‘हिजो तपाईहरुले गाली गर्दा पनि संगै थिए, तपाईहरु रिसाउँदा पनि संगै थिए, तपाईहरुले भनेका कुरा नसके पनि सकेन अझ कोसिस गरुला भन्दै थिए’ उनले भने –‘अहिले म जनप्रतिनिधि नभए पनि हरेक टोल वडाबासीका समस्या समाधान गर्न तर्फ ध्यान दिइरहेको बताए ।
यस्तै उनले रवि लामिछानेले जनतालाई भ्रम पार्ने काम मात्र गरेको बताए । उनले लामिछानेले कमिसन खानबाहेक अन्य केही काम गर्न नसक्ने बताए । उनले प्रश्न गरे –‘म नगर प्रमुख हुँदा पनि अहिले म संग मोटरसाईकल चड्न समेत पैसा छैन । तर, पत्रकारिताबाट आएका रवि लामिछानेले ९० लाखको गाडि र चितवनमा घर किन्ने पैसा कहाँबाट आयो ।’