धनगढी।कैलाली निर्वाचन क्षेत्र नम्वर ५का संघिय सांसद डिल्लीराज पन्तले घुराह नदीको कटान क्षेत्रको अनुगमन गरेका छन् । धनगढी उपमहानगरपालिका १९ स्थित कृष्णनगर बस्तीमा सो नदीका कारण बस्ती नै जोखिम पर्न थालेपछि सांसद पन्तले अनुगमन गरेका हुन् ।
सो क्षेत्रमा तटबन्धनको व्यबस्था गर्न स्थानियको मागपछि सांसद पन्त सो क्षेत्रमा पुगेका हुन् । नदी कटान क्षेत्रको अनुगमनपछि सो नदीको कटान नियन्त्रण गर्न आफुले पहल थाल्ने सांसद पन्तले बताए । अनुगमनका क्रमा वडा नम्बर १९का वडा अध्यक्ष बाधुराम चौधरी,वडा सदस्य हरेन्द्र ऐडी लगायत स्थानियहरुले नदीकटान, स्वास्थ्य ,शिक्षा, सुरक्षा खानेपानी लगायतका समस्याको सामाधान गर्न संसद पन्तलाई आग्रह गरेका थिए ।