फूलवारी । कैलालीको धनगढी उप–महानगरपालिका –१८ स्थित फूलवारी बहुमुखी क्याम्पसमा चरम आर्थिक संकट उत्पन्न भएको छ । क्याम्पसको दिगो आर्थिक स्रोत र सरकारी अनुदान नहुँदा क्याम्पसमा आर्थिक संकट उत्पन्न भएको हो । आर्थिक संकटका कारण क्याम्पसमा कार्यरत प्राध्यापक तथा कर्मचारीहरुले लामो समय देखि तलब खानपाएका छैनन् । माग पुरा गर्न दबाब दिन क्याम्पसका प्राध्यापक र बिद्यार्थीहरु आन्दोलन गर्न सडकमै उत्रिएका छन् । उनीहरु आज बिहिवार देखी आन्दोलन गर्दै सडकमा उत्रिएका हुन् ।
क्याम्पसमा अर्थिक संकटका कारण प्राध्यापक र कर्मचारीहरुले तलब खान पाएको छैनन् । प्रधापक र कर्मचारीहरुको करिब १ करोडभन्दा बढी तलब पाउनु पर्ने बताईएको छ । तलब नपाउंदा क्याम्पसका उप(प्राध्यापक बमबहादुर बम नै अनशन र सडक प्रदर्शनमा उत्रेका छन् । कार्यरत कर्मचारी र प्राध्यापकहरुको गत आिर्थक वर्ष असार मसान्त सम्म मात्र ७८ हजार देखि २० लाख सम्म तलब पाउँन बाँकी रहेको छ । तलब नपाएको भन्दै सो क्याम्पसमा कार्यरत प्राध्यापक बमले केही दिनदेखि अनशन बस्ने र सडकमा प्रर्दशन गर्दै आएका छन् । आफुले १८ लाख जती तलब पाउनु पर्ने बाँकी रहेको बताउंदै तलब नपाउँदा सम्म आन्दोलन जारी राख्ने उनको भनाई छ ।
प्राध्यापक बमको आन्दोलनलाई क्याम्पसका बिद्यार्थीहरुले पनि समर्थन गर्दै बिहिवार नाराबाजी सहित सडकमा उत्रेका छन् । प्राध्यापकहरुले तलब नपाउँदा पठन–पाठन नियमित नभएको बताउंदै क्याम्पस ब्यबस्थापन समिति गम्भीर बन्नु पर्ने बिद्यार्थीहरुको भनाई रहेको छ । क्याम्पसमा नियमिति कक्षा संचालन नहुँदा समेत क्याम्पस ब्यवस्थापन समिति गम्भीर नभएकाले सडक अन्दोलन नै गर्नु परेको विद्यार्थीले बताएका छन् । विद्यार्थीहरुले माग पुरा नभए सम्म आन्दोलन जारी राख्ने बताउदै क्याम्पस व्यवस्थापन समितिले चासो नदिएमा तालाबन्दि समेत गर्ने चेतावनी दिएका छन् ।
क्याम्पस २०६६ सालदेखि त्रिभुवन बिश्व विद्यालयबाट सम्बन्धन प्राप्तगरि संचालन हुंदै आएको छ । क्याम्पसले वार्षिकरुपमा युजीसीबाट १२ लाख मात्र अनुदान प्राप्त गर्दै आएको छ । सो क्याम्पसमा मानबिकी र शिक्षा संकायको पढाई हुँदै आएको छ ।क्याम्पसका कर्मचारी र प्राध्यापकहरुको करिब १ करोड भन्दा बढी तलब दिनुपर्ने बाँकी रहेको बताउंदै क्याम्पस प्रमुख रुद्र काफ्ले प्रदेश सरकारले अनुदान सहितको दायित्ब लिनुपर्ने बताए । सरकारी अनुदान नहुुँदा तलब खुवाउन समस्या भएको उनको भनाई छ । यता क्याम्पस व्यवस्थापन समितिका उपाध्यक्ष लक्ष्मीप्रसाद देवकोटाले दिर्घकालिन आर्थिक स्रोत नहाँदा क्याम्पसमा आर्थिक संकटमा परेको बताए । तलब खुवाउन आर्थिक जोहो गर्न आफुहरु प्रयासरत रहेको उनको भनाई छ ।
यस्तै अन्दोलनरत पक्षसंग सम्बादका माध्यामबाट समस्या सामाधान गर्ने क्याम्पस ब्यबस्थापन समितिका अध्यक्ष रमेश बस्नेतले बताए । सरकारी क्षेत्रबाट पनि दायित्बबोध हुनु जरुरी रहेको बताउदै अध्यक्ष बस्नेतले दिर्घकालिन आर्थिक स्रोतमा निरन्तर लागि उनको भनाई छ ।
राजनितिक घेराबन्दी, सरकारी अनुदानको अभावमा क्याम्पसमा दिन प्रतिदिन समस्या उत्पन्न हुंदै गएपछि स्थानियले चिन्ता ब्याक्त गरेका छन् । सरोकारवाल निकायले क्याम्पसको आर्थिक समस्या सामाधानकोबाटो खोजी बिद्यार्थीहरुको भबिष्यमाथि खेलवाड हुनबाट रोक्नुपर्नेमा अभिभावकहरुको भनाई छ।