धनगढी । ‘ओहो ! तिम्रो बच्चालाई स्कुल हालिदिने बेला भएन ?’
‘लौ, अहिलेसम्म किन स्कुल नहालेको ?
‘बच्चा हुर्किसक्यो त, अझै स्कुल नपठाएको ?
अब त मन्टेश्वरी हाल्ने बेला भयो नि ?
जब बच्चा एक- दुइ वर्ष पूरा हुन्छ, अनि जोकोही अभिभावकले यस्ता प्रश्नहरूसँग खुब सामना गर्नपर्छ । त्यसमाथि भर्ना अभियानको बेला अझ बढी, कुरै नगरौँ । यतिबेला देशभर भर्ना अभियान नै चलिरहेको छ ।
च्याउ सरी खुलेका मन्टेश्वरीको गुणस्तरीयता मापन गर्ने आधार नभएकोले अभिभावकलाई कुन मन्टेश्वरीको गुणस्तर कस्तो छ झट्ट थाहा हुँदैन । जब बालबच्चा अढाई तीन वर्षका हुन्छन्, अभिभावकलाई उनीहरुलाई कस्तो शिक्षा दिने र कस्तो मन्टेश्वरीमा पठाउने चिन्ता हुन्छ । टोलटोलमा खुलेका मन्टेश्वरीको गुणस्तरीयतामा प्रश्न उठिरहेको अवस्थामा अभिभावकले आफ्ना नानीहरूलाई मन्टेश्वरी पठाउँदा त्यहाँको वातावरण देखि शिक्षक शिक्षिकासँगै पूर्वाधारमा समेत विशेष ध्यान दिनुपर्छ ।
धनगढी उपमहानगरपालिका वडा नम्मर-१४ (स्याउले बजार) मा रहेको नोबल एकेडेमी पछिल्लो समय बालबालिकालाई शैक्षिक जग बसाल्न गुणस्तरीय मन्टेश्वरी बनेको छ । नोबल एकेडेमीले बालबालिकालाई चाहिने सम्पूर्ण सुविधासहित मन्टेश्वरी सञ्चालन गर्दै आइरहेको छ । बालबालिकालाई घोकाएर हैन, बालशुलभता प्रयोग गर्दै उनीहरुको मानसिक विकासमा दवाव नदिइकन प्रयोगात्मक शिक्षण विधिबाट पढाउने विधि अर्थात मन्टेश्वरी विधि अपनाउँदै आएको नोबल मन्टेश्वरी पछिल्लो समय अभिभावकको रोजाइमा परेको छ ।
एबाकस र स्टिम प्रयोगले घोकाएर पढाउने पद्दति विस्थापित
पछिल्लो समय नेपाली शिक्षा प्रणाली रुपान्तरण हुँदै गइरहेको छ । लामो समय परम्परागत व्याख्यान विधि अवलम्बन गरेको नेपाली शिक्षा क्षेत्र हाल विभिन्न नवीन प्रयोगहरूसँग अभ्यस्त हुँदै गइरहेको छ । यिनै नौला प्रयोगहरू पढाउने मध्येको उत्कृष्ट एक संस्था हो, नोबल एकेडेमी । बालबालिकालाई घोकाएर पढाउने पद्दति विस्थापित गर्दै खेल्दै सिकाउने र रमाइलो वातावरणमा ज्ञान दिने मध्येमा नोवेल एकेडेमी अब्बल देखिन्छ । बुधवार धनगढीको उक्त मन्टेश्वरी विद्यालय पुग्दा एबाकस मार्फत पढाई हुँदै थियो । साना साना हिसाब पनि क्यालकुलेटर प्रयोग नगरी गर्न नसक्ने थुप्रै विद्यालयका शिक्षकका अगाडी त्यहाँका विद्यार्थी खरर मुखले हिसाब निकाल्दै थिए । त्यहाँ पुग्दा तरिका जान्ने हो भने शिक्षण सिकाई साह्रै सरल प्रक्रिया रहेछ भन्ने अनुभूति हुन्थ्यो ।
‘बोर्डिङ स्कुलको शिक्षक शिक्षिका पनि जाडोमा घाम तापेर बस्ने आफु बिज्ञान प्रबिधिको प्रयोगमा अपडेट नहुनेहरुले पनि राम्रो शिक्षा दिन्छु भनेर टोल टोलमा गफ दिएको सुनिन्छ । अन्य विद्यालयका शिक्षकलाई सामान्य हिसाब गर्न पनि क्यालकुलेटर चाहिन्छ । तर, नोबलका विद्यार्थीले ती शिक्षकलाई नै पढाउन सक्छन् ।’ आफ्ना छोराछोरीले घरमा आएर अरु स्कुलको विद्यार्थीलाई खरर पढाएको सुनाउँदै अभिभावक जानुका भण्डारीले भनिन् ।
आफुले दिइरहेको प्रविधियुक्त शिक्षा प्रणालीले सन्तुष्टी मिलेको नोवेल एकेडेमीका प्रिन्सिपल सुष्मा प्रसाईं बताउछिन् । ‘हिजो सिस्नोपानी लगाउँदै विद्यार्थीलाई कठोर यातना दिएर पठनपाठन गराउने परम्परा थियो । त्यतिबेला त्यो आवश्यक थियो या थिएन, थाह भएन तथापि त्यस विधि र पद्धतिले पक्कै पनि विद्यार्थीहरुलाई शिक्षकहरूप्रति सकारात्मक भन्दा पनि नकारात्मक बनाउँथ्यो ।’ उनले प्रविधिको प्रयोगले बिद्यार्थीलाई पढ्न थप उर्जा मिलेको बताईन् । ‘शिक्षामा नया आयाम दिन नया नया खोज मुलक प्रविधिको बिकास गरिनुपर्छ, र यस्तो प्रबिधि कैलाली जिल्लामै हाम्रो पहिलो प्रयास हो । एबाकस र स्टिम भनेको के हो भनेर थाह नभएका थुप्रै बिद्यालय भएको यस ठाउँमा हाम्रा विद्यार्थीले उनीहरुलाई सिकाउँछन् ।’
प्रिन्सिपल प्रसाई अगाडि भन्दै थिइन्, ‘भन्नलाई ‘पिजी टु पिएचडी’ भने पनि समस्या नै यसमा छ । च्याउ जसरी उम्रिएका मन्टेश्वरी र अन्य विद्यालयले आफ्नो पूर्वाधार बिना साना बालबालिकालाई भर्ना गर्छ तर, सिकाइ केहि हुँदैन । जापानको जस्तो पिएचडीसम्म नै प्रयोगात्मक शिक्षा लागु गर्न नसकेपनि कमसेकम आधारभूत तहबाटै पढ्ने कसरी त भन्ने कुरा विद्यार्थीले थाह पाउनुपर्छ । मन्टेश्वरी भन्ने बित्तिकै धनी एवं हुने खानेले मात्रै आफ्ना नानीहरु पढाउने भन्ने बुझाइ छ । जुन भ्रमपूर्ण छ ।’
हेर्नलाई ठूलो भवन देखिन्छ, वडादेखि गाउँ र नगरपालिकाहरु भौतिकपूर्वाधार निर्माणमा कम्मर कसेर लागेका छन्, तर शिक्षा सिकाइको पद्धति भने उही पुरानै हुन्छ । नोवेल एकेडेमीले शिक्षा क्षेत्रमा सिंगो उपमहानगरपालिकालाई प्रतिस्पर्धा गर्न चुनौती थपेको छ । यस बिद्यालयमा मन्टेश्वरी कक्षामा अध्ययनरत बालबालिकाहरुलाई किताब कापीको व्यवस्था र कक्षा छ र सातमा भर्ना शुल्क नलाग्ने व्यवस्था मिलाइएको छ । विद्यालयले विद्यार्थीको पारिवारिक अवस्था बुझेर पूर्ण र आंशिक छात्रवृत्तिको पनि व्यबस्था गरेको छ ।