धनगढी। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा घटेको छ। वायुसेवा सञ्चालक संघले आजदेखि गतेदेखि लागु हुने गरी हवाई भाडा समायोजन गरेको हो।सोमबार निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर रु १० घटाएको थियो। सोअनुसार काठमाडौँबाट धनगढीको उडानमा सबैभन्दा धेरै ४ सय ४० भाडा घटेको छ।
यसअघि यो रुटमा यात्रुले हवाई यात्राका लागि मात्र सात हजार पाँच सय १० तिर्नुपर्थ्यो भने अब सात हजार ७० भाडा कायम गरिएको छ। धनगढीबाट बैतडी ८५ रुपैयाँ, धनगढीबाट बझाङ ११०, धनगढीबाट बाजुरा १४०, धनगढीबाट दार्चुला १००, धनगढीबाट डोटी ७०, धनगढीबाट अछाम साँफेबगर ८५, धनगढीबाट महेन्द्रनगर कञ्चनपुर ६० रुपैयाँ घटेको छ ।
काठमाडौँबाट हुने पर्वतीय उडान माउन्टेन फ्लाइट को भाडा तीनसय ४५ घटेर अधिकतम भाडा पाँच हजार चार सय ९० कायम भएको छ।काठमाडौँ–भद्रपुर रुटमा तीन सय, विराटनगरमा दुई सय ४०, जनकपुरका लागि एक सय ३०, पोखराका लागि एक सय ५५, भरतपुरका लागि एक सय १०, भैरहवाको दुई सय पाँच, नेपालगञ्जका लागि एक सय ८५ र सुर्खेतका लागि तीन सय ४५ हवाई भाडा घटेको छ।