काठमाडौ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पठनपाठनमा असर पर्नेगरी शैक्षिक क्षेत्रमा तालाबन्दी नगर्ने घोषणा गरेको छ।
स्ववियु निर्वाचनका लागि बिहीबार घोषणापत्र जारी गर्दै नेविसंघले क्याम्पसहरुमा पठनपाठनमा असर पर्नेगरी तालाबन्दी नगर्ने घोषणा गरेको हो।
विद्यार्थीको सामुहिक हितविपरीत व्यक्तिगत स्वार्थको सम्झौता, दुर्व्यवहार र सामाजिक असंगताका क्रियाकलाप, सरकारी र क्याम्पसको सम्पत्तिको दुरुपयोग तथा अनैतिक चन्दा असुली नगर्ने बाचा नेविसंघले गरेको छ।