धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीले होलीमा जथाभाबी रङ दल्ने र उच्छृङ्खल गतिविधि नगर्न आग्रह गरेको छ। प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीले आइतबार एक सूचना जारी गर्दै होलीका अवसरमा कोही कसैको इच्छा विपरीत जथाभाबी रङ दल्ने, लोला तथा पानी छ्याप्ने, बटुवालाई रङ्ग लगाउन कार्य गरे कारबाही गरिने बताए ।
उक्त सूचनामा बाटो अवरोध गरी सवारी साधनबाट रकम असुल्ने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, सार्वजनिक ठाउँहरूमा हो–हल्ला गर्ने, कुनै पनि व्यक्तिको निजी जीवनमा असर पर्ने खालका र सार्वजनिक शान्ति व्यवस्थामा खलल पु¥याउने जस्ता अराजक, उच्छृङ्खल एवं अवाञ्छित कार्यहरू नगर्न अनुरोध गरिएको छ।