धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकामा रहेको हिमशिखर बहुउद्देश्यीय सहकारी संस्थाका कर्मचारीले आर्थिक अपचलन गरेको पाइएको छ । बचत कर्ताले जम्मा गरेको रकम सहकारीमा कार्यरत कर्मचारीले किर्ते गरि अपचलन गरेको पाइएको हो । धनगढी निवासी लक्ष्मी कुमारी जेठारा थापाको खातामा रहेको ४५ हजार रुपैयाँ सहकारीकी कर्मचारी मञ्जु शाहीले किर्ते गरेर अपचलन गरेको पाइएको हो ।
सहकारीले बैंकको भन्दा धेरै ब्याज दिन्छ भनेरै मैले हिमशिखरमा रकम जम्मा गरेकी थिए । बचत गर्दै केही समयपछि निकाल्ने गर्दै आएको थिए ।
बैंकले सहकारीले भन्दा कम ब्याजदर दिने भन्दै हिमशिखर सहकारीमा खाता खोलेको लक्ष्मी जेठाराले बताइन् । सहकारीको स्थापना गरेको दिन देखि शेयर सदस्य रहदै आएको जेठाराले फूलबारी खबर लाई बताईन । श्रीमानको नाममा रहेको खाता श्रीमानको मृत्युपछि उनले आफ्नो नाममा सारेकी थिइन् । सहकारीमा बचत गर्दै केहि समयपछि साँवा ब्याज एकमुस्ट निकाल्ने गर्दै आएकी जेठाराले पछिल्लो समय आफु ठगीमा परेको थाह पाइन् । ‘सहकारीले बैंकको भन्दा धेरै ब्याज दिन्छ भनेरै मैले हिमशिखरमा रकम जम्मा गरेकी थिए । बचत गर्दै केही समयपछि निकाल्ने गर्दै आएको थिए । तर, पोहर सालदेखि मैले सहकारीमा कुनै पनि कारोबार गरेको थिइन ।’ उनले भनिन्- ‘एक्कासि सोमबार मेरो घरमा आएर तपाईको खातामा त एक रुपयाँ पनि रहेनछ भन्दा म झस्किए । उसको (मन्जु शाही ) व्यबहार अर्कै लागेपछि बुधबार सहकारीमा जाँदा मेरो खातामा पैसा थिएन । खातामा पैसा नभएपछि स्टेटमेन्ट निकाल्न खोजेँ तर सहकारीले स्टेटमेन्ट नै दिन मानेन । केरकार गरेपछि एक दिनको मात्र स्टेटमेन्ट दिएर पठाइन् । मेरो बिश्वास लाग्दैन भन्दै थर्काउन थालिन् । पछि माथि गएर हाकिमसँग स्टेटमेन्ट निकालिदिन आग्रह गरे ।
आफ्नै खाताको स्टेटमेन्ट निकाल्न नमिल्ने भनेकी मन्जु शाहीले पछि बल्लबल्ल स्टेटमेन्ट दिइन् । स्टेटमेन्ट लिन गएको मेरो आफन्तसँगै आएर उनले मलाई के गर्न खोजेको भनेर थर्काउन लागिन् । कलेजमा चाहिएको बहाना बनाएर म त्यहाबाट निस्किए । म घर नपुग्दै पटक पटक फोन गरेर भेट्न आग्रह गरिन् । पछि सचिव सर लगायतलाई फोन गरेर बुझ्दा थाहा भयो खाताबाट ४५ हजार रुपैयाँ निकालिएको रहेछ ।’
उनले कसैले सोध्यो भने पैसा मैले आफैँ निकाले हो भनेर भन्नु भनेर जाल रचेकी रहिछन् । पछि सबै कुरा बाहिर आएपछि किर्ते गरेर निकालेको पैसा फेरी खातामै हालिदिएकी छिन् ।
सधै दिदी भनेर बोलाउने भएकाले उनले आफुलाई जालसाजी गरेको जेठाराले फूलबारी खबरलाई बताईन् । घर कै सदस्य (दिदी) जस्तो मान्दा पनि बिश्वास घात गरेको भन्दै छानबिन गर्न सहकारीमा माग गरेकी छन् । ‘ उनले कसैले सोध्यो भने पैसा मैले आफैँ निकाले हो भनेर भन्नु भनेर जाल रचेकी रहिछन् । पछि सबै कुरा बाहिर आएपछि किर्ते गरेर निकालेको पैसा फेरी खातामै हालिदिएकी छिन् ।’ जेठाराले फूलबारी खबर सँग कुरा गर्दै भनिन् ।
यो सहकारीमा काम गर्न लागेको १५ बर्ष भयो कसैले यस्तो आरोप लगाको थिएन । यो घटना घट्नु रहेछ , मलाइ छाप लाग्नु रहेछ यो संस्थाबाट । मैले माफी मागे तपाईहरुबाट , कान समाते ।
यता किर्ते गरेको आरोप खेपिरहेकी मञ्जु शाहीले घुमाउरो तरिकाले माफी मागेकी छन् । आफुले अनैतिक काम गर्न नखोजेको बताउदै शाहीले घुमाउरो तरिकाले माफी मागेकी छन् । ‘तपाइँ मेरो बहिनी हो मेरो गल्ति भयो माफी मागे तपाईंसँग ।’ जेठारासँग शाहीले मागेको माफीको भिडियोमा देख्न सकिन्छ । शाहीले भनेकी छन्, ‘मैले अनैतिक काम गर्न खोजेको होइन, कुनै नराम्रो व्यबहार देखाएको पनि छैन । आजसम्म दिदी बहिनी जस्तो भएर बसेको थियौं । यो सहकारीमा काम गर्न लागेको १५ बर्ष भयो कसैले यस्तो आरोप लगाको थिएन । यो घटना घट्नु रहेछ , मलाइ छाप लाग्नु रहेछ यो संस्थाबाट । मैले माफी मागे तपाईहरुबाट , कान समाते । अबदेखि म तपाईहरुको टचमा रहने छैन ।’ शाहीले माफी मागेको भिडियोमा देख्न सकिन्छ । भिडियो जेठारा कि बहिनीले गरेकी थिइन् ।
यता हिमशिखर सहकारीका प्रबन्ध निर्देशक महेन्द्र शाहीले सहकारीका कर्मचारीबाट बदमासी भएको स्वीकार गरेका छन् । शाहीले सहकारीबाट किर्ते गरेर ग्राहकको रकम चोरी गरेको थाहा पाउन साथ शाहीलाई निलम्बन गरेको बताए । ‘कर्मचारीले बदमासी गरेको थाहा पाउने बित्तिकै सञ्चालक समितिको बैठक बसेरै उनलाई (मन्जु शाही ) निलम्बन गरेका छौँ । पीडित सदस्यले दिएको उजुरीका आधारमा म लगायत ३ सदस्यीय छानबिन समिति गठन गरेर अनुसन्धान समेत अगाडि बढाइसकेका छौँ ।’ उनले भने- ‘संस्थाकै कर्मचारीले यस्तो हर्कत गर्नु दुःखको कुरा हो ।’