मौसम बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौं ।मौसम आज पनि बदली भएको छ । पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा आंशिकदेखि सामान्य प्रभाव परेको हो ।
आज प्रदेश १, बागमती प्रदेश, र गण्डकी प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागहरूमा आंशिक बदली रहनेछ।
प्रदेश नं १ को पहाडी भूभागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ ।प्रदेश नं १, र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
बिहीबार प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
शुक्रबार पनि प्रदेश १ का पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
प्रदेश नं १ को पहाडी भूभागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ ।प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।