धनगढी - सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले शपथ लिएका छन्। शुक्रबार उनले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।
उनी बिहीबार मुख्यमन्त्री नियुक्त भएका थिए। बिहीबार संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा शाह मुख्यमन्त्री नियुक्त भएका थिए।
यसअघिका मुख्यमन्त्री नेकपा (एमाले)का सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावलले विश्वासको मत प्राप्त गर्न नसकेपछि नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका संसदीय दलका नेता शाह बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । कांग्रेस सुदूरपश्चिममा सबैभन्दा ठूलो दल पनि हो ।