धनगढी । मंसिर २८ गते एमाले संसदिय दलका नेता राजेन्द्र सिहं रावल संगै माओवादी संसदिय दलका नेता खगराज भट्ट र एमालेकी उप नेता शन्तोस सर्मा थापा बिना बिभागिय मन्त्री नियुक्त भएर सपथ खाएका थिए । २८ गते सपथ ग्रहण गरेका यि दुई मन्त्रीहरुले गठबन्धनमा भागबण्डा मिलाउन नसकेकै कारण मन्त्रालयको जिम्मेवारी पाउन सकेनन् ।
गठबन्धनमा रहेको नागरिक उन्मुक्तीका सांसदहरु मुख्यमन्त्री रावललाई बिश्वासको मत दिन उपस्थित नभएपछि सुदूरपश्चिमको सरकार ढलेर नयाँ मुख्यमन्त्री नियुक्त भइसकेका छन् । १ महिनासम्म बिना बिभागिय मन्त्रीको रुपमा रहेका खगराज भट्ट र शन्तोस सर्मा थापाले मन्त्रालयका गाडी र शुरक्षा गार्ड भने सुबिधा पाएका थिए । धनगढीमा हुँदा नेता भट्ट सेती प्रादेशिक अस्पतालका अध्यक्ष निर्मल शाहको घरमा आश्रय लिएर बस्ने गरेका थिए । मन्त्री थापाको भने धनगढी उपमहानगरपालिका वडा नम्बर ५ मा आफ्नै घर भएकाले उनी घरमै बसेर पार्टीको काम गरिरहेकी थिइन् ।
एक महिना बिना बिभागिय मन्त्री भएर बिदा भएका माओवादी संसदिय दलका नेता खगराज भट्टले अबदेखी प्रमुख प्रतिपक्षी रहेको भन्दै फेसबुकमा स्टासट हालेका छन् ।