धनगढी ।सुदूरपश्चिम प्रदेश सभा सदस्य रमेश धामीले एक कार्यक्रमका बिच विद्यालय भवनकाे शिलान्यास गरेका छन् । कैलाली धनगढी उप-महानगरपालिका -१४ स्थित शिवशंकर आधारभूत बिद्यालयकाे २ काेठे पक्की भवनकाे शिलन्यास गरेका हुन् ।
सुदूरपश्चिम प्रदेश सरकारकाे १९ लाखकाे लागतमा निर्माण हुने साे भवनकाे शिलन्यास मंगलवार गरिएकाे थियाे ।
भवन शिलन्यसपछि बाेल्दै प्रदेशसभा सदस्य धामीले पछिल्लाे समयमा सामुदायिक बिद्यालयका बिद्यार्थी घटिरहेकाे बताउदै विद्यार्थी घट्नुकाे कारण सबै मिलेर पत्ता लगाउनु पर्ने बताए । यस्तै सामुदायिक विद्यालयकाे गुणस्तर बृद्धि गर्नुकाे साथै सबैकाे आकर्षणकाे केन्द्र बिन्दु बनाउन आफु संक्रिय भएर काम गर्ने समेत धामीले बताए ।