धनगढी । नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश देउवाले समग्र सुदूरपश्चिम प्रदेशको विकासमा जोड दिने बताएका छन् ।
आईतबार धनगढीमा पत्रकारहरुसंग छलफल गर्दै प्रदेशको समग्र विकासका लागि सत्तापक्ष तथा प्रतिपक्षको भुमिका निर्वाह नगरि तत्पर भएर लाग्ने बताएका हुन् ।
‘प्रदेशको विकासमा सरकार सकारात्मक कदममा सहयोग हुने छ’ उनले भने –‘तर, विकासका नाममा हुने विकृति, आर्थिक अनियमितता लगायतमा सजगता पनि गराईने छ । राम्रो काममा सत्तापक्ष प्रतिपक्षी केही बन्दैनौं ।’
उनले प्रदेशमा पाँच वर्षमा भएका राम्रा कामको निरन्तरतामा जोड दिन सरकारलाई दबाब दिने र भएका विकृतिको अन्त्य गर्न पनि दबाब दिने बताए ।
उनले उपभोक्ता समिति मार्फत हुने भ्रष्टाचार, टुक्रे बजेट लगायतमा सुधार गर्नतर्फ आफनो ध्यान रहेको बताए ।
उनले पश्चिमसेती परियोजनालाई सुचारु गर्न सरकारलाई दबाब दिने बताए ।
उनले अहिलेको सत्ता समिकरणले कायम नरहने बताए । उनले भने –‘वर्तमान गतिविधिलाई हेर्दा अहिलेको सत्ता समिकरण धेरै नटिक्ने देखिएको छ ।’