काठमाडौँ । सांसद पद खारेज गर्ने सर्वोच्च अदालतको निर्णयसँगै उपप्रधान तथा गृह मन्त्री रबी लामिछाने सिंहदरवारबाट बाहिरिँदै छन् ।
निर्णय सार्वजनिक भएसँगै मन्त्रालयले उपलब्ध गराएको झन्डावाल गाडी छोडेर अर्को सवारीको व्यवस्था गरिएको र परिवारलाई फोन गरेर मन्त्री क्वाटरसमेत छोडेर घर फर्किन भनेको सिंहदरवार विशेष स्रोतले जानकारी दिएको छ ।
मन्त्रीज्यूले झन्डावाल गाडी छोडिसक्नु भयो’ ती उच्च स्रोतले भने ‘श्रीमतीलाई समेत फोन गरेर मन्त्री क्वाटर छोडेर घर जाउँ भने ।’