बैतडी । बैतडीको दशरथचन्द नगरपालिकामा सञ्चालित नगरस्तरीय महिला टि–२० क्रिकेट प्रतियोगितामा वर्षाका कारण दुई दिनदेखि अबरुद्ध भएका खेलहरू आजदेखि सुरु हुने भएका छन् ।
मंगलबारदेखि परेको वर्षाले मंगलबार र बुधबारका चारवटा खेलहरू अवरुद्ध भएका थिए । वर्षा रोकिएपछि अबरूद्ध खेलहरू आजदेखि सुचारू भएका प्रतियोगिता संयोजक वीरसिंह बोहराले जानकारी दिए ।
आज हुने दुई खेलमा दनपा २ देहिमाडौं र दनपा ५ दशरथचन्द तथा दनपा १० बाराकोट र दनपा ११ नागार्जुन भिड्नेछन्। दशरथचन्द नगरपालिकाको वार्षिक कार्यक्रम र नगरखेलकुद विकास समितिको आयोजना माघ ९ गतेदेखि शुरू भएको उद्घाटन खेलमा दनपा १० बाराकोटलाई ५१ रनले स्तब्ध पार्दै दनपा २ देहिमाडौं विजयी भएको थियो । निङलाशैनी खेल मैदान,देहिमाडौंमा माघ १५ गते फाइनल गर्ने तयारी रहेकोमा वर्षाका कारण दुई दिन धकेलिएको छ ।
नगरका ७ टोलीको सहभागिता रहेको प्रतियोगिताको प्रथम पुरस्कार नगद २५ हजार, ट्रफि,मेडल र प्रमाण पत्र,द्धितिय पुरस्कार नगद १५ हजार, ट्रफि मेडल र प्रमाण पत्र रहेको दशरथचन्द नगर खेलकुद विकास समिति अध्यक्ष भुपेन्द्र चन्दले जानकारी दिए ।
यस्तै प्रतियोगितामा ओमेन अफ द सिरिजलाई ३ हजार, बेष्ट बलर र बेष्ट व्याट्स ओमेलनलाई १५र१५ सय, अनुशासीत टिमलाई ३ हजार र ओमेन अफ म्याचलाई ट्रफि प्रमाण पत्र दिइने जनाइएको छ ।