धनगढी । नेपाली काँग्रसको भातृ संगठन नेपाल तरूण दल कैलालीको कार्यवाहक अध्यक्षको जिम्मेवारी निराजन खड्कालाई दिईएको छ । जिल्ला अध्यक्ष दिपेन्द्र बमले खडकालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका हुन् ।
कार्य व्यवस्तताले तरुण दलको विभिन्न कार्यक्रममा सक्रियता पूर्व उपस्थित हुन नसक्ने भएकाले खड्कालाई जिम्मेवारी दिईएको उनले बताए ।
खडकाले दलको नीति, सिद्धान्त, आर्दश र विधानको परिधिमा रही जिल्ला कार्य समितिको निर्देशन अनुसार कुशलतापूर्वक दिइएको जिम्मेवारी पूरा गर्न सक्ने विश्वास व्यक्त गरे । तरूण दलका अध्यक्ष बम कैलारी गाउपालिका वडा अध्यक्षमा निर्वाचित भई कार्यभार सम्हालिरहेका छन् ।