धनगढी । सुदूरपश्चिमका प्रहरी नायव महानिरीक्षक डीआईजी अशोक सिंहले जिल्ला प्रहरी कार्यालय कैलालीको अनुगमन तथा निरीक्षण गरेका छन् ।
डीआईजी सिंहले निरीक्षणका क्रममा भौतिक पूर्वाधारहरुको स्तर, अपराध अनुसन्धान शाखा, प्रशासन शाखा, कार्य शाखा तथा अन्य शाखाहरुबाट सम्पादित कार्यहरु र अभिलेख व्यवस्थापनको निरीक्षण गरेका थिए ।
डीआईजी सिंहलाई कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी देबेन्द्रबहादुर पालले कार्यालय तथा समग्र जिल्लाको वस्तुस्थितिबारे जानकारी दिएका थिए।
त्यसक्रममा डीआईजी सिंहले जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतमा कार्यरत कार्यालय प्रमुख र अन्य प्रहरी कर्मचारीहरुलाई विभागीय आवश्यक निर्देशन दिएका छन् ।