कौशीखेती : शहरी क्षेत्रमा आकर्षण बढदो


धनगढी । सामान्य अर्थमा कौशी खेती भन्नाले पक्की ढलान भएको घरको छाना तथा कौशीलाई प्रयोग गरी गरिने तरकारी खेतीलाई बुझिन्छ भने अचेल सानो ठाउँमा र छिटो तयार हुन सक्ने मसला, फलफूल बाली लगायत पुष्प एवं आलंकारिक बालीरविरुवाहरुको उत्पादन पनि कौशी खेती प्रबिधि अन्तर्गत गर्न थालिएको छ । यस्तो खेती बिशेषगरी खेती गर्ने जमिनको अभाव रहेको घना बस्ती भएका शहरी वा शहरउन्मुख क्षेत्रमा परिवारको दैनिक तरकारी र मसलाको आवश्यकता परिपूर्ति गर्नको लागि गर्ने गरिएको छ । गमला, काठको बाकस, माछा राख्ने बाकस, जुट वा प्लाष्टिकको बोरा र यस्तै अन्य भाँडारुमा कौशी तरकारी खेती गर्न सकिन्छ ।
शहरी क्षेत्रमा खुला ठाउँको अभाबमा र थोरै जमिनमा घर बनाउनु पर्ने बाध्यताले गर्दा ताजा तरकारी र अन्य बागवानीजन्य बालीहरु उत्पादनको लागी घरको छत वा कौशीलाई प्रयोगमा ल्याईन्छ । कृषि योग्य जग्गा घटदै गएकाले पनि घरको छतदेखि खाली रहेको सबै ठाउँमा आवश्यकतानुसार खेती गर्ने चलन बढ्दै गएको छ । हिजोआज लकडाउनका कारण घरमै बस्नु पर्ने बाध्यताका कारण पनि कौशी खेतीप्रति आकर्षण बढ्दै गएको पाइन्छ । कृषिको अन्य क्षेत्रमा जस्तै कौशी खेतीमा भएको प्रविधिहरुको विकाससँगै यसलार्इ पनि आधुनिक तरिकाले अवलम्बन गर्न थालिएको छ । समयको ब्यवस्ता तथा बाहिरको तरकारीमा बढी मात्रामा विषादी प्रयोग हुने गरेको सन्दर्भमा अर्गानिक ९प्रांगारिक० तरकारी खाने रुचिले समेत आफ्नै घरमा कौशी खेती गर्ने प्रचलन दिनहुँ बढ्दै गएको छ । यस खेती पद्धतिले थोरै भए पनि वरिपरीको प्रदुषित वातावरणलाई सफा र रमणीय बनाउनसमेत मद्दत गर्दछ ।
कौशीखेतीका फाइदाहरू
परिवारको इच्छा अनुसारको स्वच्छ, स्वस्थ एवं ताजा तरकारी, मसला तथा फलफूलहरु आपूर्ति हुने ।
दैनिक तरकारी, मसला तथा फलफूल किन्नको लागि लाग्ने पैसा तथा समयको बचत हुने ।
दैनिक रुपमा भान्साबाट निस्कने कुहिने फोहरमैलाबाट कम्पोष्ट मल निर्माण गरी कौशी खेतीकै लागि प्रयोग गर्न सकिने । यसले गर्दा वरिपरीको वातावरणको प्रदुषण नियन्त्रण हुने तथा शहरी क्षेत्रमा हरियाली प्रर्बद्धन हुने ।
फुर्सदको समयको सदुपयोग हुने तथा शारिरिक र मानसिक स्फूर्तिरतन्दुरुस्ती मिल्ने ।
घरमा प्रकृतिको आनन्द लिन सकिने तथा यसले घरको तापक्रम ६–८ डिग्री सम्म घटाउन मद्दत गर्ने ।
ग्राम्रिण तथा शहरी क्षेत्रका कौशी तथा छत र खेर गएको ठाउँको सदुपयोग हुने ।
कौशी ९तरकारी० खेती प्रतिको कला, ज्ञान, शिप र मानसिकतामा परिवर्तन ल्याई कार्य क्षमतामा अभिबृद्धि गराउने।
प्राङ्गारिक तरकारी खेतीमा प्रोत्साहन प्रदान गर्ने ।
आर्थिक अभिबृद्धिमा केही टेवा पुर्याउने तथा पर्यावरणको संरक्षण, सम्बर्धन र सदुपयोग हुने ।
कौशी खेतीको लागि स्थानको छनौट:
कौशीबारीमा बिशेषगरी कुन तरकारी कति लगाउने भन्ने कुरा परिवारको आवश्यकता,उपलब्ध स्थान र स्रोत साधनमा भर पर्दछ । प्रशस्त घाम लाग्ने तथा सजिलैसँग पानी दिन सकिने, गोडमेल गर्न सकिने र जल निकासको उचित प्रबन्ध भएको स्थान उपयुक्त हुन्छ । तल उल्लेखित ठाउँहरूमा कौशी खेती गर्न सकिन्छ
। घरको छत छतभरी राम्रो संग सूर्यको प्रकाशको लागी दक्षिण मोहडाको घर उत्तम हुन्छ तथा घरले थाम्न सक्ने तौललाई ध्यानमा राखी खुल्ला छतमा माटो वा अन्य विरुवा हुर्काउन सकिने पदार्थहरू जस्तै कोकोपिट र माटो वा प्रांगारिक मलको मिश्रण राखी खेती गर्नुपर्छ । छतको सबै भन्दा कुना तिरको भागमा अगला वा लहरा जाने बाली, ओझेलरअलि छायाँ परेको भागमा हरिया सागपात र अगाडी पट्टिको भागमा केही होचा तर धेरै समय सम्म फल दिने खालका तरकारीहरु लगाउनु पर्दछ ।
घरको बरण्डारकौशी :पक्की घरमा घर अनुसार निकालिएका बरण्डा एवं कौशीहरूमा उपयुक्त–आकारका भाँडा, गमला, फ्रेम, बाकस तथा अन्य संरचना राखी तरकारी खेती गर्न सकिन्छ ।
कौशी वा बरण्डाको रेलिङ: मध्यम लहरा जाने तथा अग्लो बोट हुने बालीहरु लगाउन उपयुक्त हुने ।
घर–कम्पाउण्डको पर्खाल: मध्यमदेखि बढी लहरा जाने तथा अग्लो बोट हुने बालीहरु लगाउन उपयुक्त हुने।
कौशी खेतीका लागि संरचनाको छनौट:
माटोको गमला, विस्कुटका खाली टिन, आधा काटिएका ड्रम, मालसामान प्याक भएर आएका काठका बाकस, माछा प्याकिंग भएर आएका स्टाइरोफोमका बाकस, पुराना बोरा र प्लाष्टिका थैला आदि कौशी खेतीमा प्रयोग गर्न सकिन्छन् ।लगाइने तरकारीको बोटको फैलावटका आधारमा भाँडाहरुको छनौट गर्नुपर्दछ ।भाँडारूको पिंधमा पानी निथ्रेर जाने स–साना प्वालहरू हुनु पर्दछ भने साधारणतया ३०/४५ से.मी. ब्यास भएका गमला वा प्लाष्टिकका थैला र बोरा उपयुक्त हुन्छन् ।
बोट धेरै नझाङ्गिने तथा छिटो र लामो समयसम्म उत्पादन दिने बालीहरु ।
खेती गरिने स्थानको हावापानी तथा उपलब्ध संरचनालाई बिचार गरी कौशीमा गोलभेडा, भण्टा, भेडे खुर्सानी, खुर्सानी, स्विसचार्ड, रायो, तीते करेला, काँक्रो, लौका, घिरौला, काउली, बन्दा, ब्रोकाउली, ग्याँठ गोभी, सिमी, बोडि, रामतोरिया, प्याज, सलगम, मुला, धनिया, लसुन, पालुंगो र जिरीको साग आदि तरकारी बालीहरु लगाउन सकिन्छ ।
कौशी तरकारी खेतीका लागि माटो व्यवस्थापन :
मुला, गाजर र प्याजको लागि बलौटे दोमट माटो राम्रो हुन्छ भने दोमट माटोमा सबै खालको तरकारी बालीहरु उपयुक्त हुन्छ । चिम्टाइलो माटो चाँही तरकारी खेतीको लागि उपयुक्त हुँदैन ।माटोमा रहेको प्रांगारिक पदार्थ, माटोको अम्लियपना वा क्षारियपनाको अवस्थामा बिचार पुर्याउनु पर्दछ ।स्वस्थ र सफा ठाउँको राम्रो मलिलो माटो ल्याई डल्ला फोरेर सफा गरी झारपात हटाउनु पर्दछ ।राम्रो बालुवा र राम्ररी पाकेको कम्पोष्ट मल वा गोवर मल वा जंगलमा पातपतिङ्गर कुहिएर बनेको मललार्इ धूलो पारेर केलाई चाल्नुपर्दछ ।
समान्यतया २ भाग माटो, १ भाग कम्पोष्ट मल, १ भाग पातपतिङ्गर कुहेर बनेको मल, २ भाग मसिनो बालुवा मिसाई माटो मलको मिश्रण तयार गर्नु पर्दछ ।भाँडो वा संरचनामा यस्तो मिश्रण भर्नुभन्दा पहिलो साना साना इँटाका टुक्रा वा गेगरले भाँडोका प्वाल वरपर करिव ३५ से.मी. जति राख्नुपर्दछ । भाँडारुको सबैभन्दा माथिको केही भाग खाली राखी मिश्रणले भर्नु पर्दछ।भरेको मिश्रणलाई १ पटक राम्ररी भिज्ने गरी पानी दिई केही ओभानो भएपछि विरुवा सार्नु पर्दछ ।विरुवा बेलुकी पख सारी झारीरहजारीले हल्का पानी दिनु पर्दछ ।
मलखादको ब्यबस्थापन तथा प्रयोगः
१० के.जी. तयारी माटोको मिश्रणमा १५ ग्राम डि.ए.पी. र १० ग्राम पोटास मल राम्ररी मिसाउनु पर्दछ तथा बजारमा उपलब्ध जैविक वा सूक्ष्म तत्वयुक्त मलको पनि प्रयोग गर्नु पर्दछ ।प्राङ्गगारिक तरकारी खेती गर्ने हो भने प्रसस्त मात्रामा प्राङ्गगारिक वा गोठे मलको प्रयोग गर्नु पर्दछ ।किराबाट जोगाउन प्रति १२० के.जी. मिश्रणमा १० ग्राम मालाथायन बिषादीको धूलो मिसाउनु पर्दछ । प्राङ्गगारिक तरकारी खेतीका लागि निम वा अन्य बनस्पती बाट बनेका जैविक बिषादीहरु प्रयोग गर्न सकिन्छ ।
विरुवा राम्ररी सरि सकेपछि १० लिटर पानीमा ४० ग्राम यूरिया घोलेर प्रत्येक बोटमा आधा लिटरको दरले सिँचाई गर्नु पर्दछ । प्राङ्गगारिक तरकारी खेतीका लागि चाँही ७ दिनको गाई भैसीको बासी पिसाब १ भागमा ८ भाग पानी मिसाई बाली विरुवामा छर्कनु पर्दछ ।यूरिया मलको घोल प्रयोग गर्दा बोटको डाँठ वा पातमा नपारी फेद वरिपरी मात्र दिनु पर्दछ ।
हेरचाह, सिँचाई तथा गोडमेलः
बालीविरुवा वरपर झार उम्रन दिनु हुँदैन र चुच्चे कुटोले हल्का गोडाई गर्नु पर्दछ ।आवश्यकता अनुसार प्रत्येक बोटलाई ३/६ फिट लामो टेका, भाँडाको छेउ बाट राखी विरुवाको मूल काण्ड बाँध्दै जानु पर्दछ ।चिस्यान एकनास राख्नु पर्दछ । बढी सुख्खा एवं चिस्यान दुबै राम्रो हुँदैन तथा चर्को घाम बाट विरुवा बढी तातेमा छहारी तिर सार्नु पर्दछ ।बालीविरुवा रोपि सकेपछि बढी चिसो वातावरण भए रातमा प्लाष्टिकले छोप्ने तथा दिनमा खुला गर्ने गर्नु पर्दछ।
बाली संरक्षणः
लगातार एउटै बालीको एउटै संरचनामा खेती नगर्ने तथा कोशे तरकारी, फल तरकारी, जरे तरकारी र सागपातहरुलार्इ बर्षेभरी मिलाएर रोप्नुपर्दछ ।
संभव भएमा मसिनो जालीको फ्रेमभित्र कौशी खेती गरेमा धेरै किसिमका किराहरुबाट बाली विरुवालाई बचाउन सकिन्छ ।
कौशी तरकारी खेतीमा सकभर बिषादीको प्रयोग नगर्नु राम्रो हुन्छ ।
केही किराहरुलाई टिपेर पनि मार्न सकिन्छ वा रोग लागेका पातहरुलाई टिपेर हटाएर पनि रोगको प्रकोप कम हुन जान्छ।
प्रकोप कम नभएमा प्राङ्गगारिक वा जैविक बिषादीको प्रयोग सिफारिस दरमा गर्नु पर्दछ ।
कौशी तरकारीमा सकभर साबुन पानी, सूर्तिको झोल, निमको झोल, पिरो खुसार्नीको रस, तितेपाती, असुरोको झोल, गहुँत आदिको प्रयोग गर्नु पर्दछ ।