भारतको दुधुवा नेशनल पार्कबाट जंगली हात्तीको बथान लालझाडी क्षेत्र पस्यो

धनगढी । भारतको दुधुवा नेशनल पार्कबाट जंगली हात्तीको बथान पुनर्वास क्षेत्रमा प्रबेश गरेको छ । हात्तीको बथान पुनर्वास नगरपालिको बडा न १० दोदापुल हुदै लालझाडी राष्ट्रिय बन क्षेत्र तर्फ प्रबेश गरेको सवडिभिजन वन कार्यालय पचकडीया, कञ्चनपुरका प्रमुख दिनेशकुमार यादवले जानकारी दिए ।
जंगली हात्तीको बथानबाट सम्भावित जोखिम हुने भएकोले पुनर्वास नगरपालिका १० र लालझाडी गाँउपालकिा १ र २ का बासिन्दालाई सतर्कता अपनाउन वनका प्रमुख यादवले अनुरोध गरेका छन् । सभवित जोखिम रोक्न र सुरक्षा दिन कञ्चनपुरका प्रहरी प्रमुख श्याम चौधरीको नेतृत्वमा सो क्षेत्रमा प्रहरी परिचालन गरिएको छ ।