उपसभामुखले सम्हालिन कार्यभार

धनगढी । नवनिर्वाचित उपसभामुख काेईली चाैधरीले कार्यभार सम्हालेकी छिन् ।
पद तथा गाेपनियताकाे सपथ लिए लग्त्तै उनले कार्यभार सम्हालेकी हुन्।
मंगलबार निर्वाचित उपसभामुख चाैधरीले प्रदेश प्रमुख देवराज जाेशीबाट सपथ लिईन् ।
कार्यभार सम्हाल्दै उनले भनीन सभामा निष्पक्ष ढंगले भुमिका निर्वाह गर्छु । वहाल रहेसम्म कुनै पनि दलप्रति आवद्धता देखाउदिन् ।
मंगलबार उनले २८ मत प्राप्त गर्दै उपसभामुखमा निर्वाचित भएकी थिईन् । उनी नेकपा एमालेबाट समानुपातिकतर्फ प्रदेश सभामा निर्वाचित भएकी हुन् ।
उनी नेपाल महिला संघकी जिल्ला अध्यक्ष हुन ।