बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा दादुराको महामारी फैलिएपछि बालबालिकामा खोप लगाउन थालिएको छ ।नेपालगञ्जमा ५ वर्षमाथिका बालबालिकामा प्रकोप देखिएकाले ६ महिनादेखि १५ वर्ष उमेरका बालबालिकामा खोप लगाउन थालिएको हो ।
नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताए वडा नम्बर ५, ७ र ८ मा खोप लगाउन सुरू गरिएको बताए ।दादुरा देखिएका नेपालगञ्जका ५, ७, ८, ९, १०, ११, १४, १५, २२ का ११ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको उनले बताए । दादुराले नेपालगञ्जमा एक बालकको मृत्यु भइसकेको छ ।