बैतडी समाज कैलालीकाे साधारण सभा सम्पन्न

धनगढी । बैतडी समाज कैलालीले सुदूरपश्चिमको मौलिक पर्व पुषे १५ को अवसर पारी शुक्रवार (आज) आफ्नो स्थापनाको चौथो बार्षिक सधारण सभा सम्पन्न गरेको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा नगर प्रमुख हमालले भने “नगर बिकासको दीर्घकालीन बिकास र हाल भै गरेका बिकास कार्यका बारेमा बताए । अब आउने दिनमा पनि धनगढी बासीहरुलाई खुसीका दिन आउने छन । हामी समग्र धनगढीको बिकास गर्ने भन्ने कुरामा लागी परीका छौं,हाम्रौ कार्याकालमा धनगढीलाई भव्य शहर बनाउने प्रतिबद्धता समेत गरेका थिए ।” नगर प्रमुख हमालले भने समाजको उत्तरोत्तर प्रगति र सधारण सभाको सफलताको शुभकामना समेत व्यक्त गरेका थियो ।
समाजले बैतडी पुर्ख्यौली घर भई हाल कैलालीको विभिन्न ठाउँमा बसोबास गरि रहनु भएका बैतडेलीहरु बिच एक–आपस भाइ–चारा को सम्बन्ध कायम स्थापित गर्दै आफ्ना धर्म संस्कार,संस्कृति र रिति–रिवाजहरुको जगेर्ना गर्दै समाजले अबलम्बन गरेका बिबिध समाजिक कार्यहरुलाई अझै बृहत् रुपमा अगाडि बढाउने गरिसमाजले सधारण शभा सम्पन्न समाजका अगुवा सदस्य राजबहादुर चन्दले बताए ।
कार्यक्रममा बोल्दै सदस्य चन्दले भने “ हामीले आफ्नो साँस्कृतिको जोगेर्ना गर्नु पर्ने कुरामा जोड्दिनु भएको छ ।” उनले थपे, “ अहिले हाम्रो देशमा बिदेशी रितिरिवाज भित्रिदै छ,हामीले अब बिदेशी रितिरिवाजको सट्टामा आफ्नो ठाउँमा भएको उत्पादनलाई प्रथामिकिता दिनु पर्ने बताए । ” समाजका उपाध्यक्ष गजेन्द्रवीर चन्दले कार्यक्रममा स्वागत मन्तब्य राख्दै हामीले आफ्नो ठाउँ गाउँको बोलिभाषालाई बाचाई राख्नु पर्ने बताए ।
धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालको प्रमुख अतिथि उक्त कार्यक्रम गरेको थियो,भने कार्यक्रमको अध्यक्षतामा बैतडी समाज कैलालीका अध्यक्ष माया प्रकाश भट्ट रहनु भएको थियो ।