कैलालीको अत्तरियाबाट ९ किलो चरेससहित एक जना पक्राउ

धनगढी। कैलालीको अत्तरियाबाट चरेस सहित एक जना पक्राउ परेका छन्। गोदावरी नगरपालिका – २ बसपार्कमा कलक जप्रेलले सञ्चालन गरेको नवीन होटेलबाट चरेस सहित बझाङ दुर्गाथली गाउँपालिका – ७ काँडा बस्ने ३६ वर्षीय यम राज दौल्याल पक्राउ परेका हुन ।
उनलाई होटेलको १०१ नम्बर कोठाबाट सादा पोसाकमा खटिएका प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।पक्राउ परेका दौत्यालको साथबाट चरेश जस्तो देखिने कालो बस्तु कट्टा सहित ९ किलो ३४० ग्राम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।