प्रेस युनियन सुदूरपश्चिमको प्रथम अधिवेशन पुस २७ गते

धनगढी । नेपाल प्रेस युनियन सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन पुस २७ र २८ गते हुने भएको छ । मंगलबार बसेको बैठकले केन्द्रिय कार्यसमितिको आयोजना तथा जिल्ला शाखा कैलालीको आतिथ्यमा धनगढीमा दुई दिन प्रदेश अधिवेशन गर्ने निर्णय गरेको हो । अधिवेशनलाई सफल पार्न केन्द्रिय उपाध्यक्ष सुदूरपश्चिम का प्रेम चुनाराको संयोजकत्वमा मुल समिति तथा विभिन्न उपसमितिहरु गठन गरिएको छ । मुल समितिमा ६७ सदस्यीय बनाईएको छ ।
अधिवेशन सफल पार्न युनियनका केन्द्रिय सदस्य पुष्पराज जोशीको संयोजक र नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष सह–संयोजक रहने गरि १८ सदस्यीय आर्थिक समिति गठन गरिएको छ भने नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य भरत शाहको संयोजक र नेपाल प्रेस युनियन कैलालीका सचिव सीताराम ओझा सह–संयोजक रहने गरि सात सदस्यीय अतिथि सत्कार, आवास तथा भोज उपसमिति गठन गरिएको छ ।
यस्तै, नेपाल प्रेस युनियन जिल्ला सदस्य कृत विष्ट संयोजक र अनिता चौधरी सह–संयोजक रहने गरि छ सदस्यीय मञ्च तथा हल व्यवस्थापन उपसमिति र नेपाल प्रेस युनियन कैलाली अध्यक्ष श्रवण देउवा संयोजक र जिल्ला सदस्य शेरबहादुर ऐर सह–संयोजक रहने गरि छ सदस्यीय सचिवालय तथा मिडिया सेन्टर उपसमिति गठन गरिएको छ ।