कैलालीमा रोकिएको ट्रयाक्टरमा मोटरसाइकल ठोक्किदा युवकको मृत्यु

धनगढी । कैलालीमा रोकिराखेको ट्रयाक्टरमा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको गोदावरी नगरपालिका-७ हरैया चोकस्थित पूर्वबाट पश्चिमतर्फ आउदै गरेको मोटरसाइकल ट्रयाक्टरमा ठोक्किदा कञ्चनपुरको कृष्णपुर ८ राजघाटका २३ वर्षीय राजकुमार चौधरीको मृत्यु भएको हो ।
चौधरीले चलाएको से.७प ७७९३ नम्बरको मोटरसाइकल सोही दिशातर्फ रोकेको सुपप्र ०१-००२ त ६४६४ नम्बरको ट्रयाक्टरसँग ठोकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।
चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जोशीले बताए । उनको शव परीक्षणका लागि सेतीको शव गृहमा राखिएको छ ।
ट्रयाक्टर र चालक कैलालीको भजनी नगरपालिका-३ बस्ने ३४ वर्षीय कलम चौधरीलाई इलाका प्रहरी कार्यालय मालाखेतिले नियन्त्रणमा लिएको छ ।