आजको मौसम : तराईका केही ठाउँमा हुस्सु

धनगढी । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। मुलुकका विभिन्न क्षेत्रमा बदली छ भने तराईका केही स्थानमा हुस्सु लागेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो लुम्बिनी र गण्डकीमा आंशिक बदलीको सम्भावना छ बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
सोमबार प्रदेश १, मधेश, गण्डकी र बागमतीमा आंशिक बदलीको आकलन गरिएको छ। हिमाली क्षेत्रमा हिउ पर्ने सम्भावना रहेको छ।
तराईका केही भूभागमा विहानीपख हुस्सुरकुहिरो लाग्ने तथा देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउनु हुन अनुरोध गरिएको छ ।