रेडिकल एकेडेमी अफ साईन्स एण्ड टेक्नोलोजीको सातौँ बार्षिकोत्सव सम्पन्न

धनगढी । रेडिकल एकेडेमी अफ साईन्स एण्ड टेक्नोलोजीको सातौँ बार्षिकोत्सव सम्पन्न भएको छ । धनगढीमा शनिवार एक कार्यक्रमका बिच सातौँ बार्षिकोत्सव सम्पन्न भएको हो । रेडिकल एकेडेमीका प्रबन्ध निर्देशक प्रकाश छेडालको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि ऐश्वर्य बहुमुखी क्याम्पसका क्यामपस प्रमुख धर्मदेव भट्ट रहेको थिए ।
कार्यक्रमकमा फेसन डिजाईन प्रशिक्षणरत विद्यार्थीहरुको आफुले डिजाईन गरेका पहिरनहरु प्रस्तुत गर्न फेसन सो को आयोजना गरिएको थियो । यसका साथै विद्यार्थीहरुले गायन, नृत्य लगायतका प्रस्तुतीहरु राखेका थिए ।
रेडिकल एकेडेमीले यस बर्ष रेडिकल शिक्षा सम्मानबाट प्राध्यापक तथा सुप गणित समाजका अध्यक्ष रघुविर भट्टलाई सम्मान गरेको थियो।कार्यक्रमकमा सुप गणित समाजका अध्यक्ष रघुविर भट्ट, प्राध्यापक बद्रि पौडेल, नेपाल शिक्षक महासंघ कैलालीका सचिव मनराज यादव लगायतले मन्तव्य राखेका थिए ।