धनगढी, १२ कात्तिक । अवैध रूपमा भारतबाट ल्याइएको बोइलर कुखुरालाई नष्ट गरिएको छ । शनिबार भारतबाट मोटरसाईकलमा ल्याउंदै गरेका ६८ बोइलर कुखुरालाई बहुलिया प्रहरीले नियन्त्रण गरि नस्ट गरेको हो । प्रहरीले भारतबाट चोरी बाटो हुँदै नेपाल ल्याएका कुखुरा नियन्त्रणमा लिई कुखुरा व्यवसायी, समाजसेवी र पत्रकारको रोहवरमा नष्ट गरेको हो। भारतबाट ल्याएका कुखुरामा विभिन्न रोगको संक्रमण हुनसक्ने बताउदै प्रहरी इन्चार्ज गोपाल कार्कीले नेपाली कुखुराको बजार समेत प्रभावित हुनेभएकाले भारत बाट अवैधरुपमा ल्याएका कुखुरा नष्ट गरेको बताए ।
स्थानीय कुखुरा व्यवसायी झुरना सिंहले भारतबाट अबैधरुपमा कुखुरा भित्रिदा तिहारको समयमा पनि आफ्नो फार्मको कुखुरा विक्रि नभएको बताए । उनले कतिपय ब्यक्तिले पारीबाट (भारत)सस्तोमा कुखुरा ल्याई नेपाली कुखुरा भन्दा धेरै सस्तोमा नेपालमा बिक्रि गर्दा ब्यवसाय नै संकटमा परेको बताए । प्रहरीले कुखुरा नियन्त्रणमा लिई नष्ट गरेकोमा सिंहले खुसी ब्यक्त गरे ।