मौसम आंशिक बदलीदेखि सफा रहने

काठमाडौँ, ४ कात्तिक। जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशको पहाडी भूभागमा आंशिक बदलीदेखि सामान्यता सफा रहेको छ । बाँकी भूभागमा मौसम सामान्यता सफा रहेको छ ।
विभागले आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जनाएको छ । गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
आज राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने विभागको भनाइ छ ।
नेपालमा हाल पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।