सशस्त्र प्रहरीले माग्यो १५२ इन्सपेक्टर र असई विज्ञापनसहित

काठमाडौँ, ७ असोज। सशस्त्र प्रहरी बलले निरीक्षक इन्सपेक्टर र सहायक निरीक्षक असई माग गरेको छ ।लोकसेवा आयोगको सहमतिमा सशस्त्र प्रहरीले शुक्रबार सार्वजनिक सूचना जारी गरी १५२ इन्सपेक्टर र असई मागेको हो ।
७१ सशस्त्र प्रहरी निरीक्षक साधारण उपसमूह, ८ सशस्त्र निरीक्षक कानुनतर्फ र ७३ सहायक निरीक्षक साधारण उपसमूहतर्फ माग गरिएको हो । योग्यता पुगेका इच्छुक व्यक्तिले आजदेखि ७ कात्तिकभित्र आवेदन दिन सकिनेछ ।