कोरोना संक्रमण घट्दै

काठमाडौं, ५ असोज । पछिल्लो २४ घण्टामा ८१ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।तीन हजार ४४७ वटा नमूना परीक्षण गर्दा ८१ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, आज १७५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या एक हजार ४८३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।