आरजु धनगढीबाट ब्याक भएपछि, कैलाली ५ मा काग्रेंसलाई उमेदवार छान्न सकस

धनगढी, ४ असोज। नेपाली कांग्रेसले केन्द्रीय सदस्य आरजु राणा देउवालाई प्रतिनिधिसभामा समानुपातिकतर्फबाट उम्मेदवार बनाउने भएको छ । कांग्रेसले सोमबार निर्वाचन आयोगलाई बुझाउने प्रतिनिधिसभाको समानुपातिकतर्फ सुदूरपश्चिम प्रदेशको खसआर्य महिलामा आरजुको नाम सिफारिस गरिएको छ ।
आरजु कैलाली ५, कञ्चनपुर, बर्दिया, बाग्लुङसहित पाँच स्थानबाट प्रत्यक्षतर्फ सिफारिस भएकी थिइन् । तर, कांग्रेसले अन्तिम समयमा आएर उनको नाम समानुपातिकमा समावेश गरेको छ ।
आरजुले समानुपातिकमा रोजेपछि कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधीसभाका लागी समानुपातिकमा रोजेका नेताहरुमध्ये एकजना प्रत्यक्ष तर्फ लड्ने पक्का भएको छ । समानुपातिकमा रोजेका काग्रेंस केन्द्रिय सदस्य नृप बहादूर वड, केन्द्रिय सदस्य शुसिला मिश्र भट्ट, सुदूरपश्चिम प्रदेश महामन्त्री नरनारायण शाह मनु, प्रदेश रोजेका छितिज भण्डारी, कैलाली क्षेत्र नम्बर ४ बाट सिफारिश भएका सुनिल भण्डारी लगायतका नेताहरुमध्ये एक जनाले टिकट पाउने पक्का पक्की छ ।
काग्रेंसका एक नेताका अनुसार आरजुले आफ्ना बिश्वासपात्रलाई कैलाली क्षेत्र नम्बर ५ बाट चुनाव लडाउन लागेकी छिन् । माहोल हेरेर उनले आफुसंग नजिक भएका नेतालाई टिकट दिन लागेकी हुन् । धनगढी उप महानगरपालिकाका निबर्तमान नगर प्रमुख नृप बहादूर वडले आरजुले धनगढीबाट प्रत्यक्ष नलड्ने भएपछि संघमा आकाक्षीं नेता र संघका लागी समानुपातिक सिफारिश भएका नेताहरुमध्ये एकजना टिकट पाउने बताए ।
अहिले कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधीसभाका लागी समानुपातिक सुचिमा धेरै जनाको नाम गएको थियो ति मध्ये केही ब्यक्ती बिच टिकटका लागी प्रतिस्प्रधा हुने देखिन्छ वडले भने “हामीले निर्बिकल्प आरजु मेडमलाई संघका लागी पठाएका थियौँ उहाँले छोडेपछि स्वभाविक अग्र स्थानमा रहेका सबै नेताको दावी रहन्छ, तरपनि हामी सबै सल्लाह गरेर एकजनालाई टिकट दिने तयारी गरिरहेका छौँ ।”
कैलाली क्षेत्र नम्बर ५ बाट काग्रेंसको उमेदवारलाई कसरी जिताउन सकिन्छ हामी त्यो तयारी गरिरहेका छौँ वडले भने “काग्रेंसको उमेदवार जिताउने गरी हामी लाग्ने छौँ, टिकटका लागी हामी धेरै आकाक्षीं देखिएपनि हामी सहमती गरेर बलियो काग्रेंस बनाउने छौँ ।”