धनगढी,२ असोज ।नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा बरिष्ट समाजसेवी डाक्टर आरजु राणा देउवाले पार्टी भन्दा पनि माथी पहिला राष्ट्र हुने बताएकी छिन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य डाक्टर आरजुले पहिला राष्ट्र त्यसपछि पार्टी र अनि मात्र आफु भन्ने भावनका साथ अघि बढ्नु पर्ने बताएकी हुन् ।
कार्यक्रममा डाक्टर आरजुले राष्ट्र भन्दा माथी कोही नहुने बताउदै भनिन् , राष्ट्रको हित र सुरक्षाका निम्ति हरेक नेपाली एक ठाउँमा हुनु पर्छ ।,देश बिकासका लागि गठबन्धन आवश्यक छ , गठबन्धनको आवश्यकता महसुस शिर्ष नेताहरुले गरेको आफुले मनोबिज्ञान बुझेको छु ।
यस्तै डाक्टर राणाले बिगतको ओली सरकारले जनताको जनभावना बिपरित काम गरेको तथ्यलाई मध्यनजर गर्दै मंसिर चार गतेको निर्वाचनमा गठबन्धनले ईमानदारीता देखाउनु पर्ने बताईन् । उनले टिकट पाउन सबैले प्रयास गर्नु स्वभाविक भएको बताउदै यदि कसैले टिकट नपाए पनि पार्टी पद्धतिको सिद्धान्तलाई सबैले शिरोधार गर्नुपर्ने डाक्टर आरजुको भनाई छ ।