काँग्रेस केन्द्रीय सदस्य आरजुद्वारा अछामका घाईतको सरकार संग निशुल्क उपचारको माग

धनगढी, २ असोज। नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा.आरजु राणा देउवाले बाढीपहिरो क्षेत्रका नागरिकलाई तत्काल उद्दार र राहतको माग गरेकी छन् । साथै उनले पहिरोका कारण घाइते भएकोहरुको तत्काल निशुल्क उपचार गर्न पनि मग गरेकी छन् ।
केन्द्रीय सदस्य आरजुले बर्षायाममा हरेक बर्ष बाढि र पहिरोले ठूलो मात्रामा मानविय र भौतिक क्षति हुने गरेकाले यसको दिर्घकालिन समाधानको उपायहरु पहिचान गरेर कार्यन्वयन गर्न समेत सरकारसँग माग गरेकी हुन् । केन्द्रीय सदस्य आरजुले शनिबार साँझ उनले सामाजिक सञ्जाल फेसबुक मार्फत उनले वक्तव्य जारी गरेकी हुन् ।
शनिबार बाढी पहिरोबाट सुदूरपश्चिम प्रदेशको अछाम, कैलाली र कञ्चनपुरमा क्षति भएको छ । अहिले सम्म अछाममा २२ जनाले ज्यान गुमाईसकेका छन् भने कैलालीमा एक जनाको मृत्यु भएको छ । अछाम, कैलाली र कञ्चनपुरमा ठुलो धनमालको क्षति भएको छ ।
साथै उनले सुदूरपश्चिमको अछाममा पहिरोका कारण ज्यान गुमाएका प्रति श्रदाञ्जली व्यक्त गर्दै मृतक परिवारमा समवेदना समेत व्यक्त गरेकी छन् ।