रमेश ऐडी
धनगढी, १ असोज। कैलालीमा प्रहरी कार्यालको भबन जिर्ण हुदां सेवा प्रवाहमा समस्या भएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका वडा नं. १९ स्थित ईलाका प्रहरी कार्यालय बहुलियाको कार्यालय भबन पुरानो भई जिर्ण अवस्थामा पुगेको हो । भबन जिर्ण हुंदा कार्य संचालान साथै बसोबासमा समस्या भएको छ । जनताको सुरक्षा र उद्धार गर्न बसेको प्रहरीलाई सामान्य पानी पर्दा समेत आफ्नै सुरक्षा गर्न अप्ठयारो भएको छ ।

ईलाका प्रहरी कार्यालय बहुलीयाका इन्चार्ज गोपाल कार्कीका अनुसार ससस्त्र द्धन्दको कारण विस्थापित सिमा प्रहरी चौकी बहुलिया पुनःस्थापना भएदेखि बस्दै आएको धेरै पुरानो भबन जिर्ण भएको हो । उक्त तीन कोठे भाडाको भबन जिर्ण भई पानी पर्दा चुहिएर कार्यरत प्रहरी कर्मचारीलाई बस्न असहज भएको कार्कीले बताए । उनले पानी परेको समयमा कार्यालय भबनमा बस्न असहज हुनुका साथै लुगा, कपडा, कागजपत्र लगायत सामानहरु भिजेर समस्या हुने गरेको बताए । कार्यालयमा कार्यरत प्रहरी कर्मचारीको लागि खाना पकाउने भान्सा कोठा समेत चुहिने गरेको उनले गुनासो पोखे ।
उनले २३ जनाको दरबन्दि रहेको ईप्रकामा हाल १० जना कार्यरत रहेकाले सेवा प्रवाहमा समस्या भएको बताए । उनले प्रहरीलाई काम गर्न चारपाङ्ग्रे सवारी साधन हुनुपर्ने हो तर प्रयाप्त मात्रामा मोटरसाइकल समेत नहुंदा सेवाप्रबाहमा कठिनाई हुने गरेको बताए । जनताको सुरक्षा गर्ने प्रहरी पहिला आफै सुरक्षित हुनुपर्ने भएकाले सम्वन्धित निकायले समस्या समाधानको लागि पहल गर्नु पर्ने उनको माग रहेको छ।
धनगढी–१९ का वडा अध्यक्ष बाधुराम चौधरीले भने, ‘खेदामा तत्कालिन सिमा सुरक्षा प्रहरी चौकी बहुलिया हालको ईप्रका बहुलियाको नाममा साढे छ बिघा जग्गा रहेको देखिन्छ त्यो जग्गाको फिल्डबुक कायम भएको छ तर हाल सम्म लालपुर्जा नबनेकाले प्रहरी संगठन र अन्य निकायले भबन निर्माण गर्न नसक्दा समस्या भएको हो । अध्यक्ष चौधरीले उक्त जग्गाको लालपुर्जा बनाउन आफुले प्रक्रिया अगाडी बढाइसकेकोे बताउदै सक्दो छिटो ईप्रका बहुलियाको नाममा लालपुर्जा निकाली सुबिधा सम्पन्न भबन निर्माणको लागी पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे ।