यस्ता छन्,डेंगी भएमा अपनाउनै पर्ने सावधानीःदयाकृष्ण पन्त

पछिल्लो समयमा दिन प्रतिदिन डेंगी रोगको संक्रमणबाट नेपालमा हजारौ जना संक्रमित भइसकेका छन् । भयावह रुपमा फैलिएको डेंगीले देशका बिभिन्न जिल्लामा असर पारेको छ । डेंगी भएमा आफ्नै मनले औषधि सेवन गर्नुहुँदैन । जसका कारण ज्यानैसमेत जानसक्ने खतरा रहेको चिकित्सकहरु बताउँछन् । सूदुरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखाका बरिष्ठ जन स्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले आफ्नो फेसबुक पेज मार्फत यसरी डेंगी रोगबाट सुरक्षित रहने तरिका सेयर गरेका छन् ।
ज्वरो आएको छ, र जिउ पनि दुखेको छ भने यो डेंगुको सिजनमा डाक्टरलाई देखाउनअघि आफैँ चैँ सिटामोल मात्र खानुस्, प्रसस्त पानी पिउनुहोस्, आराम गर्नुहोस् । तर एस्प्रिन, ब्रुसेट, पानोफ्लाम, फेलेक्सन जस्ता औषधि नखानूस् । ब्रुफेन, निमुसलाड, एस्प्रिन जस्ता NSAIDS ग्रुपका दवाईले रगत पातलो बनाउने र रक्तस्राव बढाउने भएकोले झन खतरा हुन्छ। डेंगु-ज्वरोमा मरिने भनेकै रक्तस्राव भएर हो र NSAID ग्रुपका दवाईले त्यो संभावना बढाउँछ। डेङु तीन किसिमको हुन्छ ।१ क्लासिक : जो आफै निको हुन्छ। २. डेनेगु हेमोरेजिक फिभर: यस्मा आतरिक रक्तस्राव हुन्छ र महत्वपूर्ण अङग हरुले काम गर्न छोड्न सक्छ । ३ डेन्गु सक सिन्डर्म :- यस्मा मानिस बेहोस हुन सक्छ ।
• डेँगुमा के हुन्छ?
- डेंगुलाई break bone ज्वरो पनि भनिन्छ किनकी यसले एकदम जोर्नी तथा मांशपेशी दुख्ने हुन्छ |
•परिचय :
- डेंगु ज्वरो एडिस एजिप्टाइ (Ades Aegypti) जातको पोथी लाम्खुट्टेको टोकाइबाट मानिसमा सर्ने रोग हो। यो लाम्खुट्टेले दिनको समयमा मात्र टोक्ने गरेको पाइन्छ। यो रोग मानिसबाट मानिसमा सिधै सर्दैन। वर्षातको महिना संगै जताततै पानी जम्न थालेपछी यो रोगको प्रकोप हुने गरेको पाइन्छ।
- अचानक उच्च ज्वरो आउनु,
- आँखाको वरिपरी तथा कन्चटमा धेरै दुख्नु,
- सबै शरीर दुख्नु,
- घांटी बस्नु,
- साना बिमिरा आउनु,
- शरीर चिलाउनु,
- वाकवाकी लाग्नु / वान्ता आउनु,
- छटपटी हुनु,
- रिंगटा लाग्नु,
- निद्रा नलाग्नु,
- हड्डी तथा मांशपेशी निकै दुख्नु
- आँखा तथा घांटी रातो हुनु
- छाला, नाक, मुख आदिबाट रगत आएमा आकस्मिक अवस्था मान्नुपर्छ ।
- ८० % बिरामीमा पहिलो दिनमा, ६०-८०% बिरामीमा दोस्रो दिनमा NS1, IgM test ५-७ दिनमा पोजिटिभ देखिन्छ ।
- १५०,००० देखि ४५०,००० सम्म हुनुपर्ने प्लेटलेट लगातार घट्दै जान्छ |
- ज्वरोको लागि प्यारासिटामोल मात्र प्रयोग गर्नुहोला ।
- आइबुप्रोफेन, अस्पिरिन आदिको प्रयोग नगर्नुहोला । आइबुप्रोफेन, एस्पिरिन आदिले रगतलाई पातलो बनाउने हुँदा रक्तश्राबजन्य डेंगुमा प्रयोग गर्दा झन् खतरा हुन्छ ।
- बालबालिका, बृद्धबृद्धा, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु, दीर्घ बिरामीहरुलाई बिशेष ख्याल गर्नुपर्दछ ।
- जुनसुकै ज्वरो आएपनि यथेष्ट आराम गर्ने, झोलिलो खानेकुरा प्रशस्त खाने, सागसब्जी / फलफुल / गेडागुडीको रस, दाल आदि। गम्भीर लक्षण देखिये तुरुन्तै अस्पताल गै डाक्टर काे सल्लाह अनुसार थप उपचार गराउन ढिलो नगर्नु होला ।