सारथी अस्पतालको निशुल्क स्वास्थ्य शिबिर,चार सय १८ जनाले सेवा लिए

धनगढी, ५ असार। सारथी अस्पतालले धनगढी वडा नम्बर १६मा निशुल्क स्वास्थ्य शिबिर संचालन गरेको छ । वडा नम्बर १६को समन्वयमा वडा नम्बर १६का नागरिकलाई एक दिने निशुल्क स्वास्थ्य शिबिर संचालन गरेको अस्पतालका प्रबन्ध निर्देशक बेदप्रकाश जोशीले जानकारी दिए ।
वडा नम्बर १६का नागरिकलाई जरनल सर्जन, महिला स्वस्थ्य, दम, प्रेसर लगाएतका समान्य चिकित्साका सबै उपचार र औषधी प्रदान गरिएको बताईएको छ । निशुल्क स्वास्स्थय शिबिरमा स्थानीय चार सय १८ जनाले सेवा लिएको निर्देशक जोशीले जानकारी दिए ।