धनगढीमा प्रधानमन्त्री देउवा,मन्त्री र मेयर बिच भेटघाट

धनगढी,३असार।सुदूरपश्चिम प्रदेशका मन्त्री तथा मेयरले नेपाली कांगे्रसका सभापती तथा प्रधानमन्त्री शेरबहादुर देउवा भेटघाट गरेका छन् । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री डा.रणबहादुर रावल,सामाजिक बिकास मन्त्री गोबिन्दराज बोहरा र राज्य मन्त्री टेक बहादुर रैकाले प्रधानमन्त्री देउवासंग भेटघाट गरेका हुन् । सुदूरपश्चिम पुगेका प्रधानमन्त्री देउवालाई उनिहरुले धनगढी स्थित देउवा निवासमा भेटघाट गरेका हुन् । भेटमा प्रदेशको समग्र बिकासका बिषयमा कुराकानी भएको आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रणबहादुर रावले बताए ।
यस्तै धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल र गोदावरी नगरपालिकाका मेयर बिरेन्द्र भट्टले समेत छुट्टाछुट्टै प्रधानमन्त्री देउवालाई भेट गरका छन् । भेटका क्रममा धनगढी उपमहानगरपालिकाका मेयर हमालले धनगढीमा बसपार्क निर्माण,कैलाली पुलदेखि क्यम्पस चोक सम्मको सडक निर्माण ,त्रिनगर भन्सार नाका र धनगढी हुने बर्षेनी ढुवानका बिषयमा छलफल गरेका बताए । प्रधानमन्त्रीलाई आफुले धनगढीको थप बिकास निर्माण बिषयमा लिखित जानकारी गराएको बताउदै सो बिषयमा प्रधानमन्त्री सकारात्मक देखिएको मेयर हमालको भनाई छ ।
यस्तै गोदावरीका मेयर भट्टले गोदावारी धामको ब्यबस्थापन र कोलमुडाँ,मालाखेती,चौकीडाँडाँ हुँदै फलटुडँे सम्मको सडक निर्माण गर्न प्रधानमन्त्री देउवालाई अनुरोध गरेको बताए । सो बिषयमा प्रधानमन्त्री देउवाले राष्ट्रिय योजना आयोगसंग समन्वय गरेर काम अगाडी बढाउने आश्वान दिएको मेयर भट्टको भनाई छ ।