रवि लामिछानेले छोडे ग्यालेक्सी टीभी, अब चुनाव लड्ने

काठमाडौं, २असार। चर्चित टेलिभिजन पत्रकार रवि लामिछानेले राजनीतिमा प्रवेश गर्ने घोषणा गर्दै ग्यालेक्सी टेलिभिजन छाडेका छन् ।
टेलिभिजनले उनको आजै बिदाइ समारोह पनि आयोजना गरेको छ । बिदाइ समारोहमा लामिछानले अब आफू राजनीतिमा प्रवेश गर्ने बताएका हुन् ।
उनले काठमाडौंबाट चुनाव लड्ने घोषणा गरे पनि क्षेत्र नखुलाएको बिदाइ समारोहमा सहभागी टेलिभिजनका एक कर्मचारीले जानकारी दिए । आज राति आफ्नो अन्तिम कार्यक्रम (सिधा कुरा) प्रशारण हुने जानकारी पनि लामिछानेले दिएका छन् ।