सुदूरपश्चिम सरकारले ल्यायो पौने ३७ अर्बको बजेट

धनगढी १,असार।सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९।८० का लागि बजेट सार्वजनिक गरेको छ। सरकारका आर्थिक मामिलामन्त्री प्रकाश रावलले बुधबार बसेको प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन्।
मन्त्री रावलले ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेका छन्। उनका अनुसार १२ अर्ब २९ करोड ५९ लाख रुपैयाँ चालुतर्फ र २४ अर्ब १४ करोड ४७ लाख रुपैयाँ पुँजीगततर्फ विनियोजन गरिएको छ। चालु आर्थिक वर्षको भन्दा झण्डै साढे ६ अर्ब बढाएर आगामी आर्थिक वर्षको बजेट ल्याइएको हो।