पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौँ,२६जेठ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले पेट्रोल प्रतिलिटर ८ रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर १२ रुपैयाँ बढाएको हो।
निगमले बिहीबार जारी गरेको विज्ञप्ति अनुसार नयाँ मूल्यसँगै पेट्रोल १७८ रुपैयाँ, डिजेल र मट्टितेल १६५ रुपैयाँ लिटर पर्नेछ।एलपी ग्यासको भने मूल्य यथावत् रहेको आयोगले जनाएको छ।
यसअघि जेठ १९ गते मात्र आयल निगमले यी तीनै पदार्थमा दस रुपैयाँ प्रतिलिटर भाउ घटाएको थियो। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढेको र निगमको घाटा बढ्दै गएकाले मूल्य वृद्धि गर्नु परेको निगमले जनाएको छ।