अक्सिजन प्लान्टमा विस्फोट

काठमाडौं, ८ बैशाख/ललितपुरको पाटनस्थित औद्योगिक क्षेत्रभित्र रहेको एक अक्सिजन प्लान्टमा विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ ।
ललितपुरस्थित सगरमाथा अक्सिजन प्लान्टमा बिहीबार बिहान विस्फोट हुँदा एक जनाको मृत्यु भएको हो । बिहीबार बिहान करिब १० बजे सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । विष्फोटमा परी ६ जना घाइते भएका छन् । अक्सिजन भर्ने क्रममा विष्फोट भएको बताइएको छ । मृतक भारतीय नागरिक हुन् ।