१३२ जना रहेको चिनियाँ विमान दुर्घटनाग्रस्त

काठमाडौं,७चैत। १२३ यात्रु र ९ चालकदलसहित १३२ जना बोकेको चाइना इस्टर्न बोइङ ७३७ विमान दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रको पहाडमा दुर्घटनाग्रस्त भएर आगो लागेको छ ।
यसअघि १३३ जना रहेको भनिए पनि विमानमा १३२ जना रहेको चीनको नागरिक उड्डयन प्रशासनले जनाएको र ज्यान गुमाउनको विवरण नआएको ग्लोबल टाइम्सले जनाएको छ ।
ग्लोबल टाइम्सले उल्लेख गरे अनुसार सन् २०१० मा उत्तर पूर्वी चीनको हेइलोङजियाङ प्रान्तको यिचुनमा भएको एक घातक घटनापछि यो पहिलो हवाई दुर्घटना हो। यिचुन दुर्घटनामा ४४ जनाको मृत्यु भएको थियो।
एमयू ५७३५ विमानले दक्षिणपश्चिम चीनको युनान प्रान्तको कुनमिङ चाङसुई विमानस्थलबाट १३ बजेर १५ मिनेटमा उडान भरेको थियो र १५ बजेर ०७ मिनेटमा दक्षिण चीनको गुआङ्डोङ प्रान्तको ग्वान्झाउमा आइपुग्ने पर्ने समय रहेको थियो ।
उडान सम्बन्धी जानकारी प्रदायक भारी फ्लाइटका अनुसार कुनमिङ एयरपोर्टबाट उडेपछि विमानले ८ हजार ८ सय ६९ मिटरको उचाइमा उडान गरिरहेको थियो । तर, १४ बजेर १९ मिनेटमा विमानको गति अचानक ८४५ किलोमिटर प्रतिघण्टाबाट घटेको थियो भने उचाइ समेत घटेको थियो ।
त्यसको दुई मिनेट अर्थात् १४ बजेर २१ मिनेटमा विमानले राडार र ग्राउण्डसम्पर्क गुमाएको थियो । विमानले क्रूजिङ ९उड्ने० उचाइमा शक्ति ९पावर० गुमाएको र परिणामस्वरूप पाइलटले विमानको नियन्त्रण गुमाएको प्रारम्भिक अनुमान गरिए पनि के कारणले दुर्घटना भयो भन्नेबारे जानकारी आउन सकेको छैन ।
बेइजिङस्थित एरोस्पेस नलेजका प्रमुख सम्पादक वाङ यानानले विमानले क्रूजिङ उचाइमा शक्ति गुमाउनु एक गम्भीर प्राविधिक विफलता रहेको र यो अवस्थामा विमान उच्च गतिमा अवतरणमा प्रवेश गर्ने गरेको बताएका छन् ।