वडा नम्बर १५ मा उल्लेखनीय काम भएको छ : नगरप्रमुख वड

उर्मा, २ चैत/श्री शिवभोले ग्रामीण विधुत सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारण सभा भएको छ ।
धनगढी उपमहानगरपालिका–१५, उर्मामा भएको लिमिटेडको १२ औं वार्षिक साधारण सभाको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले उद्घाटन गरे ।
साधारण सभाको उद्घाटन गर्दै नगर प्रमुख नृपबहादुर वडले लामो समयदेखि फैलिएको कोभिड–१९ का बाबजुद पनि वडा नम्बर १५ मा विभिन्न क्षेत्रमा उल्लेखनीय कार्य गर्न सफल भएको बताए । ‘ढाई वर्ष लामोसमयदेखि हामी कोरोनाको मारमा परेका छौं । हावाहुरी र बेमौसमी वर्षाको ठूलो चपेटामा प¥यौं । चाहदाचाहदै पनि केही काम गर्न सकेनौं’ नगर प्रमुख वडले भने, ‘त्यसका बाबजुद पनि सडक, स्वास्थ्य, शिक्षा लगायतको धेरै क्षेत्रमा उल्लेखनीय काम गरेका छौं ।’
लिमिटेडका अध्यक्ष सुकदेव रानाको अध्यक्षतामा भएको साधारण सभाको उद्घाटन समारोहमा वडा नम्बर १५ का अध्यक्ष फुलराम चौधरी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
रामसरण रानाले सञ्चालन गरेको कार्यक्रममा स्वागत कोषाध्यक्ष रतनलाल रानाले गरेका थिए ।