एआईजी बढुवा लागि धानुक, पन्त र सिंह सिफारिस

काठमाडौं, २ चैत/नेपाल प्रहरीको एआईजी बढुवाका लागि तीन डीआईजी सिफारिस भएका छन । गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले डीआईजी रविन्द्र धानुक, वसन्तकुमार पन्त र धिरजप्रताप सिंहलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको हो ।
सोही सिफारिसका आधारमा अब बस्ने मन्त्रिपरिषद्को बैठकले एआईजीमा बढुवा गर्नेछ । यसअघि सरकारले नेपाल प्रहरीमा तीन एआईजीको दरबन्दी थपेको थियो । हाल नेपाल प्रहरीमा जनपदतर्फ पाँच एआईजी छन । तीनजना थपिएसँगै एआईजीको संख्या आठ पुग्ने भएको छ ।
एआईजी र आईजीपी विशिष्ट श्रेणीका पद मानिन्छन । पन्त आईजीपीकै ब्याची हुन । उनी आईजीपीसँगै अवकाशमा जानेछन ।
आईजीपी क्षेत्रीले ०७९ वैशाख १९ गते अनिवार्य अवकाश पाउँदै छन । उनीसँगै उनकै ब्याची एआईजीहरू हरि पाल, प्रद्युम्न कार्की र निरज शाहीसँगै अन्य डीआईजीहरुले पनि अवकाश पाउनेछन ।