ओमिक्रोन भेरियन्ट भित्रिन नदिन काँग्रेसले बुझायो ज्ञापनपत्र

धनगढी, ११ माघ/डोटीको जोरायल गाउँपालिकामा कोरोनाको ओमिक्रोन भेरियन्ट भित्रिन नदिन माग गर्दै ज्ञापनपत्र बुझाइएको छ ।
नेपाली कांग्रेस प्रदेश सभा (ख) कार्यसमितिले कोरोनाको नयाँ भेरियन्टको संक्रमण फैलिन नदिन माग गर्दै मंगलबार गाउँपालिकालाई ज्ञापनपत्र बुझाएको हो ।
नेपाली कांग्रेस प्रदेश सभा (ख) डोटीका उपसभापति किरण मल्ल नेतृत्वको टोलीले कोरोनाको आमिक्रोन भेरियन्ट भित्रिन नदिन गाउँपालिकालाई ८ बुँदे ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्रमा संक्रमण रोक्न स्वास्थ्यका मापदण्ड अवलम्बन गराउनुपर्ने, सम्पूर्ण नागरिकलाई खोपको पहुँचमा लग्नुपर्ने, भारत लगायत अन्य देशबाट भित्रिएकाहरुलाई आइसोलेशनमा राख्नुपर्ने, पिसीआर र ऐन्टिजेन परीक्षण मात्रा बढाउनेपर्ने, निशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्नुपर्ने लगायतका माग रहेका छन् ।