खैरो हेरोइनसहित धनगढीबाट दुई जना पक्राउ

धनगढी, ३० पुस/कैलालीबाट लागुऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नम्बर २ का २४ वर्षीय सन्त शाह र २७ वर्षीय बसन्त ओली रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीहरुको साथबाट १.६०० मिलि ग्राम लागुऔषध खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ ।
सादा पोशाकमा खटिएको प्रहरी टोलीले उनीहरुलाई वडा नम्बर २ बाट लागुऔषध खैरो हेरोइनसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।