बालुवाभित्र लुकाईछिपाई ओसारपसार गदै गरेको अवस्थामा सालको कडी बरामद

धनगढी, ३० पुस/ट्याक्टरमा बालुवाभित्र लुकाईछिपाई ओसारपसार गर्दै गरेको अवस्थामा प्रहरीले सालको कडी बरामद गरेको छ ।
कैलालीको गोदावरी नगरपालिका–७, गौडीस्थित भित्रि सडकखण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको से १ त ८८६७ नम्बरको ट्याक्टरमा बालुवाभित्र लुकाईछिपाई लैजादै गरेको अवस्थामा ५५ थान सालको कडी बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
चालक गोदावरी नगरपालिका–७, तेकुल्लाका ३६ वर्षीय हर्क कुमाल र कडीसहित बरामद गरिएको ट्याक्टर नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि ईलाका प्रहरी कार्यालय मालाखेतीले सवडिभिजन वन कार्यालय अत्तरियालाई बुझाईएको बताइएको छ ।
अस्थायी प्रहरी पोष्ट श्रीपुरले चेकजाँच गर्दा बालुकाभित्र लुकाईछिपाई राखेको सालको कडी बरामद गरेको हो ।